Monday, October 4, 2010

"माया"

मलाई तिम्रो माया अन्योलको समुन्द्र जस्तो भो,
जहाँ हिरा र मोतीले बास पायो कि पाएन!
तिमी मेरो माया गंगाकाशको ग्रह जस्तो भन्छौ,
त्यहाँ ग्रहणको पर्दाले छेकिएको थाहा भएन!!

कल्पना सपनाको प्रतिरुप मात्र हो भने तिमीलाई,
बिपनाको यथार्थमा मायाको परिभाषा किन खोज्छौ!
प्रणयको प्रारम्भ भयो तिमी सितै भन्छौ भने,
चेतनाको यातना तिमी किन भोग्न खोजि रहन्छौ!!

तिम्रो मायाको सफलतामा मेरो असफलताको सपना छ,
तिमी मेरो छाया भै संग-संगै हिडी रहयौ सधै-सधै!
तिमीले भन्छौ परिकल्पनाको संसारमा हाम्रो घर छ,
त्यही कल्पनाको संसारमा कल्पेर पनि तिमी हेर अझै!!

माया त् समयको पर्याय सितै बहने गर्छ भन्छु म त्,
तिमीलाई कस्तो मायाको अभाव,तृष्णा त् मेटाउने छुइना!
तिमी फूलको पराग मात्र सम्झन्छौ भने मायाको शब्द,
जीवनको सहयात्री सम्झ,प्यास मेट्ने भमरा होइन!!

“म” मा “तिमी” पाए

हिड्दै थिए घनघोर अँधेरीमा
लड्दै,पछारिदै,र भौतारिदै
आशा थिएन सुर्यको मलाई तर ,
सानु प्वाल बाट बिशाल ज्योति पाए
सुनेथे अन्धकारलाई हटाउनु,
झिल्को नै पर्याप्त छ
आहा! कस्तो भाग्य मेरो
मैले त श्रोत नै पाए
हो प्रभु,
मैले तिमीमा सत्यता पाए
हो प्रभु,
मैले तिमीमा जीवन पाए
हो प्रभु,
मैले “म” मा “तिमी” पाए !!!
--समीर “गोर्खा” छेत्री