Thursday, July 21, 2011

"सन्ध्या"

मिरमिरे उषाको कलिलो सुर्यले
अचेल ममा मुस्कान छाउन सक्दैन,
हुन त अचेल मलाई
रात्रिको शशिले पनि शितलता दिदैन,
डुब्न लागेको रातो घाममा
तर अचेल म रमाउछु,
रातै प्रतिबिम्बित नबमा समेटिन्छु,
तत्क्ष्ण पहाडको कन्दराबाट
कोइलीको गीत जब सुन्छु
झस्कन्छु त्यतिखेर,
तर फेरि तिम्रै रम्यतामा मुग्दहुन्छु,
बिस्तृत तिम्रो विशाल हृदयमा
डुबुल्की जब मर्छु
स्वच्छ अनि शितल समीरले
चस्स छोएको
चाँप-गुरासको सुरभीमा म फेरि हराउछु,
हो अचेल म तिमीलाई भेट्न
पिपासिएको हुन्छु,
हो सन्ध्या
अचेल म तिमी मै रमाएको हुन्छु
अचेल म तिमी मै हराएको हुन्छु !!!!!

-- समीर "गोर्खा" छेत्री --
रचनाकाल-- २००३ (१० औं श्रेणीमा पड्दै गर्दा)

Monday, July 18, 2011

"दुइ मुक्तक"

(१)

मान्छे उही हो, यहाँ खाली बसाई फेरिन्छ,
अनुहार उही हो, यहाँ खाली हसाई फेरिन्छ,
कति बगोस् निर्दोस् गोर्खाको रगत ,
हतियार उही हो, यहाँ खाली कसाई फेरिन्छ !!

(२)

जसले बोल्छ बोल्नदेउ,
मन खोल्नेलाई खोल्नदेउ,
दुइ दिनको चोला जिन्दगी,
बाँच अनि बाँच्नदेउ !!

--समीर "गोर्खा" छेत्री ---

"गजल"

नियम मिचेर गजल लेख्दैछु,
शब्दहरु सिचेर गजल लेख्दैछु !(१)

काफिया,रदिफ,बहर के हो ?
अनजानैमा गजल लेख्दैछु !(२)

मनमा जे छ सबै पेस्दैछु,
मुटू झिकेर गजल लेख्दैछु !(३)

निदाउन नसक्दा सुनसान रातमा,
दियालो बालेर गजल लेख्दैछु !(४)

चोट र व्यथाले फाटीसक्दा जिन्दगी,
मुहानै टालेर गजल लेख्दैछु !(५)

--समीर "गोर्खा" छेत्री--
रचनाकाल-- १८/७/२०११
स्थान-- शयन कक्ष

Monday, July 11, 2011

“२०११ को भानु जयन्ति”

पहेंलो रंग प्लास्टिकको मालामा
सम्झौतामा फसेको भानुलाई,
बधाई छ है जन्म जयन्तिको
बधाई छ,
आज जन्मिएको कविहरुलाई
र स्वगात छ,
घडीको दासत्वमा फसेका दिगजहरुलाई,
थर, जात, धनी-गरिबको
चक्रबिउमा फसेका नेपालीहरुलाई
भाषिक एकताको सुत्रमा बाध्ने भानुलाई,
आज,
नेपालीले जन्म जयन्तीमा मात्रै सम्झने गरेको छ,
झयार पात र सुलिले ढाकेको भानुलाई
हेर्न सम्म पनि फुर्सद नहुने हामी,
आज,
खुब भानु गाथा गाउँछौ,
रामायणको श्लोकहरु रटटा मारी
भोलिको पत्रिकामा आफ्नो नाम र तस्विर खोज्छौ,
भोली,
भानु चिनाउने मोतीरामलाई
भानु भन्नु बेर नलागने,
आदिकवि को हो कुनी
भानु पछि पाला थप्ने,,,,,,
भोली,
पत्रिकामा तस्विर साथ
२०११ को भानु जयन्ति समारोह सम्पन्न,
फल्ना अतिथिले यसो भने
फल्ना कवि पुरस्कृत भए,
आफ्नै जन्म जयन्तीमा भानुको नाम मात्र
त्यो पनि आधा .....
अब,
भानुले प्रतिक्षा साँच्दैछ,
२०१२ भानु जयन्तिको !!!!!!!

Wednesday, July 6, 2011

"गीत"

व्यर्थै किन छाडी गयौ
मलाई यहाँ एक्लो बनाई
मायालु तिम्रो यादले सताउछ हरपल मलाई
बिताएका ती पल सम्झी तडपिन्छु मुटू जलाई
तिम्रो यादले बिछोडको पीडाले
रुवाउँछ रुवाउँछ आज मलाई
व्यर्थै किन छाडी गयौ
मलाई यहाँ एक्लो बनाई
गल्ति के थियो मेरो र तिमी बिरानो भयौ
मेरो जीवनबाट कहिले नबल्ने गरी दियो निभायौ
तिम्रो धोकाले बिछोडको पीडाले
रुवाउँछ रुवाउँछ आज मलाई
व्यर्थै किन छाडी गयौ
मलाई यहाँ एक्लो बनाई
दु:ख सबै म पिउला तिमी सधैँ खुसी रहनु
म रोई दिन्छु तिमी सधैँ हाँसी दिनु
तिम्रो मुस्कानले तिम्रो तस्बिरले
रुवाउँछ रुवाउँछ आज मलाई
व्यर्थै किन छाडी गयौ
मलाई यहाँ एक्लो बनाई......

--समीर "गोर्खा" छेत्री--
रचनाकाल-- ६/७/२०११

Monday, July 4, 2011

"म दिन्न"

गोली थाप्छु छातीमा बरु बैरी कसै पस्न दिन्न
आमा बेची सन्तान पोश्नेलाई भित्र म पस्न दिन्न ! (१)


बिरे,बले,बिर्खे अब “शहिद” होइन अवाज बनोस्
सिरुपाते अब उसो आफन्त माथि म खस्न दिन्न !! (२)


आँखा हुने “अन्धो” हरु आँखा खोलि हिड्न सिकोस्
कालोलाई रातो,रातोलाई कालो अब उसो म भन्न दिन्न !!!(३)


“उसले” त गर्नु गरयो, टाप पनि लगाई हाल्यो
अब उसो कसैलाई नि “त्यसो” म गर्न दिन्न !!!! (४)


काम गर्ने हनुमान......जस पाउने ढेडू
अब उसो कहिलेपनि “प्रमिला” लाई म मर्न दिन्न !!!!! (५)


सुक-सुक गर्छ “मुख लुकाई” एकान्तमा हिज आज
अब उसो मेरो पहाडको आँशु म झर्न दिन्न !!!!!! (६)


-- समीर "गोर्खा" छेत्री--
रचनाकाल-- ४/७/२०११

"गजल"

हाल खबर के छ आज भोली हजुरको
चिठी-पत्र आउनै छोड्यो आज भोली हजुरको ! (१)

दुर्पिन डाँडा, डाउहिल पाखा सँग-सँगै घुमेको
आलै छ मनमा सम्झना सबै सधैँभरि हजुरको !! (२)

चौरस्ता मुनि झरीको याममा पोलेको मकै खाएको
झझल्को ल्याउछ यो बर्षे मास घरि घरि हजुरको !!! (३)

बिछोडको योगमा यो मुटू दुक्छ यो छाती चर्कन्छ
त्यो डाँडा हेर्दै प्रतिक्षा साँच्छ दुइ नयन हजुरको !!!! (४)

--समीर "गोर्खा" छेत्री--
रचनाकाल-- ४/७/२०११

"गजल"

जीवनमा सबैको नियतिले खेल खेलेकै छ
चोट बोकेको मुटुलाई प्रितिले खेल खेलेकै छ ! (१)

बाटो मुनिको फूल म तिमी क्षितिजको अग्लाई भयौ
एक प्राणलाई दुइ बनाउन रुडीले खेल खेलेकै छ !! (२)

महाकाल सामु कसम खाई संगै बाँच्छु-मर्छु भनथ्यौ
माया त्यागी धन अपनाउनेलाई युगले खेल खेलेको छ !!! (३)

मेरो जीवन तिम्रो सिउदो रंगाउनेलाई दोष म दिन्न
अभागीको हत्केलाको रेखाले खेल खेलेकै छ !!!! (४)

माटोमा सबै मिल्नैपर्छ अजम्बरी केहि छैन
माया भन्ने अमर ठान्थे समयले खेल खेलेकै छ !!!!! (५)

--समीर "गोर्खा" छेत्री--
रचनाकाल- ४/७/२०११

Monday, March 7, 2011

"अचेल"

गाउँ घरकी भाउजूहरु
मलाई "Handsome" भन्दै
तानी तानी म्वाई खान्छन्,
भागौ त "हाई-लिंग" सोंचछन् भन्ने डर छ
नभागौ त "बिरे,बले,भिमे" दाइको डर छ
खोई ! दोष कसलाई दिउ ??
बगमफुसे दाइलाई !
कि बै....सा.....लु भाउजुलाई !
कि दुइवटा राख्ने फ्यासनलाई !
एउटामा प्राण नाथ "I Miss U"
अर्कोमा आउ "Darling" जवानीको मज्जा लिउ !
बच्चालाई स्कूल पुर्याउने निहु छ
रातो लिप्सटिक धसिया छ
“Tight” कमिज अनि जिन्समा “बिल्ली-हिडाई”
वाह ! वाह ! क्या चाल छ, क्या चाल छ !!
अस्ति खेरि तामांग सेलोमा रमाउने भाउजु
हिज आज त मुन्नी बदनाम भन्छिन्
आफ्नो घरको पत्तो छैन
अर्काको रामायण-महाभारत सबै कहन्छिन !!!
बिरे,बले,भिमे दाई त पल्टन गाको धेरै भो
यता भाउजुको ओजन बढेको-बढेकै छ
खाएको विष मात्र लाग्छ भन्छन्
खोई! यहाँ त नखाए नि "Handsome"लाई पो डर भो !!
ब्रान्डी र भोड्काको झोल रातभरी गाको-गाकै
घरमा चै ग्रह दशा शान्तिको जाप
होम को दहुरा सेलेकै छैन
भाको जति सबै पोकोपरी भाउजु नया दाई सित टाप !!!!
तो बोलो ! बिरे,बले,भिमे दाइको सम्पति ,,,स्वाहा !!!!!
नया दाइको भविष्य ,,,स्वाहा !!!!!!
बाल-बच्चाको पडाई...स्वाहा !!!!!
तीन बार बोलो "Handsome Guy" को मिला
शान्ति ,,,शान्ति ,,,,,शान्ति !!!!!!!!

Wednesday, February 23, 2011

"१०० ग्राम जिन्दगी"

तिर्खा मेटाउन किन्नैपर्ने
दार्जीलिंगको पानी जस्तो यो जिन्दगी,,
रुन मात्र जान्ने बामी सर्ने
अबोध सानु नानी जस्तो यो जिन्दगी,,
जडियाको खल्तीको रितिएको
बोत्तलको रक्सीको मात्रा जस्तो यो जिन्दगी ,,
कहिल्यै गन्तब्य नभेटिने
बेटुङ्गोको यात्रा जस्तो यो जिन्दगी,,
जता टेक्यो त्यतै काँडा,
जता बस्यो त्यतै छाया,,
मेरो जिन्दगी ,,,,,,,,,
१०० ग्राम जिन्दगी !!!!

"मेरो कोठाको ऐना भित्र"

मेरो कोठाको ऐना भित्र
एउटा ठिटो रुदैछ,
मन भित्र लाखौ प्रश्नहरु लिएर
मलाई नै एकहोरिएर हेर्दैछ,
तर आज उसलाई
सान्तवना समेत पनि म दिन सक्दिन,
कसरी भनु उसलाई,
“उ” फर्की आउछिन् भनी ?
जब “उ” त कसैकि भइसकी
कसरी भनु,
“उसले” खाएका कसम झुटो भनी ?
ऐना भित्रका रसिएका आँखा
मलाई प्रश्न गर्दैछन्,
अपार माया गर्नु
के उसको भूल थियो?
आधुनिक सोंच, आधुनिक पहिरन
नहुनु उसको कमजोरी कि गर्व???
उ भन्दा
संयौ गुणा “आधुनिक” खोजिसकी,
कसरी भनु,
“उसले” कसैलाई रोजिसकी ?
मेरो कोठाको ऐना भित्र
एउटा ठिटो रुदैछ
मन भित्र लाखौ प्रश्नहरु लिएर
मलाई नै एकहोरिएर हेर्दैछ
तर.............................................

Monday, February 14, 2011

"गोर्खाभुमिले बलिदान खोज्दैछ"

गोर्खाभुमिले बलिदान खोज्दैछ, चढाई देउँ मेरो बली
म मरेर यो भूमि मुक्त हुन्छ भने भोली !
प्यारो छ मलाई मेरो भूमि, प्राण भन्दा बडी
रक्षा गर्नेछु सदा तिम्रो, छाती थापी अघि बडी !!
चेलीको उत्सर्ग भुलेको छुइन, भुल्ने छैन
अघि आउछु म नि, म कायर होइन !!!
जन्मभुमिले त्याग खोज्दैछ, त्यागिदेउ आमा मलाई
तिम्रो त्यागले हुन्छ भने, गोर्खाको भलाई !!!!
हेर “आमा”, तिम्रो मुक्तिको निम्ति सन्तानहरू लडिरहेछन्,
तिमीलाई स्वतन्त्र बनाउन, गणतन्त्रको बाटोमा हिडीरहेछन् !!!!!
लट्ठी-गोलीको बाटो छेक्दै, जय गोर्खाको नारा लाउदैछन्
तिम्रो निम्ति युद्ध-भूमिमा, शहिद भइ अमर बन्दैछन् !!!!!!
स्वतन्त्र बनाउनै छ यो भूमिलाई, आज या भोली,
आउ मिलु सबै, भेद-भाव छोडी हृदय खोलि !!!!!!!
गोर्खाभुमिले बलिदान खोज्दैछ, चढाई देउँ मेरो बली
म मरेर यो भूमि मुक्त हुन्छ भने भोली !!!!!!!!

Thursday, January 13, 2011

“म मरेर,जिउन चाहन्छु”

म मर्न चाहन्छु
तर जिउदो रहेर
म जिउन चाहन्छु
तर मरेर,
मेरा मृत्युले तिमीलाई
जिउने जोस दियोस,
मेरो जीवनले तिम्रो जीवनमा
नया ज्योति ल्याईदियोस !!
म बस्न चाहन्छु तिम्रो हृदयमा
तर मिठो सम्झना भएर,
म खस्न चाहन्छु तिम्रा आँखाबाट
तर याद भएर,
मेरो बसाईले तिम्रो हृदयमा
मायाको दियो सदैव जलाई राखोस,
मेरो खसाईले तिम्रो जीवनबाट
दुख, कस्ट हरेर लगोस् !!!
म बज्न चाहन्छु सदैव
तर मिठो गीत भएर,
म आउन चाहन्छु सदैव
तर बिहानीको शीत भएर,
मेरो गीतले तिम्रो
थकाईलाई चट्ट लिई उडोस,
मेरो आगमनले
तिम्रो जीवनमा नया उमङ्ग ल्याओस,
म बाच्न चाहन्छु
तर मेरा यी शब्द भएर,
म हास्न चाहन्छु
तर तिम्रो खुसि भएर,
मेरा शब्दले सदैव
तिमीलाई अघि बड्ने साहस दियोस
मेरा हँसाईमा सदैव
म नै बाँची रहोस् !!!!
म मर्न चाहन्छु
तर जिउदो रहेर
म जिउन चाहन्छु
तर मरेर,,,,,