Wednesday, February 23, 2011

"मेरो कोठाको ऐना भित्र"

मेरो कोठाको ऐना भित्र
एउटा ठिटो रुदैछ,
मन भित्र लाखौ प्रश्नहरु लिएर
मलाई नै एकहोरिएर हेर्दैछ,
तर आज उसलाई
सान्तवना समेत पनि म दिन सक्दिन,
कसरी भनु उसलाई,
“उ” फर्की आउछिन् भनी ?
जब “उ” त कसैकि भइसकी
कसरी भनु,
“उसले” खाएका कसम झुटो भनी ?
ऐना भित्रका रसिएका आँखा
मलाई प्रश्न गर्दैछन्,
अपार माया गर्नु
के उसको भूल थियो?
आधुनिक सोंच, आधुनिक पहिरन
नहुनु उसको कमजोरी कि गर्व???
उ भन्दा
संयौ गुणा “आधुनिक” खोजिसकी,
कसरी भनु,
“उसले” कसैलाई रोजिसकी ?
मेरो कोठाको ऐना भित्र
एउटा ठिटो रुदैछ
मन भित्र लाखौ प्रश्नहरु लिएर
मलाई नै एकहोरिएर हेर्दैछ
तर.............................................

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.