Saturday, September 26, 2009

मेरो पहिलो कथा


"माया नमार"

आज मैले गीतान्जलिलाई बाटोमा देखे / उ सधै झैँ असाध्यै राम्री ,आज पनि / मेरो मनमा त्यो दिनको सम्झना आय जब मैलें उनलाई पहिलो पल्ट देखेको थिए / हामी दुइको एउटा accident -मा भेट भएको थियो /
म स्कूलबाट घर आउदै थिए, उ पनि बजारबाट घर नै फर्कदै थी / भोलि टेस्ट भएको ले खातामा लेखिएको हेर्दै थिए ,त्यतिकैमा गीतान्जलीसित ठोकिए / हामी दुइको आँखा जुध्यो / मैले सर्व प्रथम sorry भनि माफ मागे उसले पनि लजाउदै sorry भनी / यसरी हामी दुइमा एउटा अतभुत भावना उत्पन्न भयो / त्यस पछि उनि आफ्नु गन्तब्य तिर लागिन / भोलि पल्ट फ्री म उसलाई देख्छु कि भन्ने आशाले त्यही बाटो तर्फ लागे / कस्तो राम्रो भाग्य रहेछ मेरो उ पनि त्यतैतिर आउदै रहेछिन / मैले धेरै आँट गरेर उसलाई hello! भनी अभिवादन गरे /मैले मेरो नाम आकाश हो भन्दा उसले पनि म गीतान्जली भनी / यसरी हामी दुइ माझ मित्रता बढ्दै गयो, हामी सधै यही स्थानमा भेट्ने गर्दथेउ /संगै स्कूल जानथेउ संगै फर्कथेउ / मलाई त्यो दिन को राम्ररी सम्झना छ जुन दिन मैले उसलाई प्रपोसे गरेको थिए / त्यो दिन हाम्रो class 12 को अन्तिम परीक्षा थियो ६ december २००५ /पहिले त उ छक्क परेर मलाई हेरिरही र त्यस पछि यसको उत्तर म भोलि दिन्छु भनी त्यो रात मेरो जीवनको सबै भन्दा लामो रात थियो / म सुत्न सकिन केवल गीतान्जली को हसिलो अनुहारलाई सम्झी रहे / बल्ल रात बित्यो म सधै झैँ morning walk -मा निस्किए / गीतान्जलीको घर बाटोमै पर्थ्यो , उसको घर नजिक आइ पुगेर एकछिन उभिए / गीतान्जली पनि बाहिर निस्किन र लजाउदै मौन रही / मैले उनको यो मौनता मा संसारको सबै सुख पाए / दिन बित्दै गयो ,,,,,गेतान्जलीको जन्म दिन पनि आइपुग्यो , हामी दिन भरि साथैमै थियौ / माया पिरतीका कुराहरु मात्र गर्दै हामीले दिन बितायौ / साँझ पर्न लाग्दा मैले गीतान्जलिलाई birthday गिफ्ट उसको अनामिका मा लगाइदिए,,,हर्सित हुदै उसले पनि उपहारमा मलाई मोई खायिन /// समयको साथ हाम्रो माया पनि अटुट हुदैथ्यो / दुइ वर्ष पछि कुनी कसरी गीतान्जलिको बुवाले हाम्रो सम्बन्धको बारेमा थाहा पाएछन् र उसलाई एक सप्ता सम्म घरमै बन्दि
बनाएर राखे / म अब गीतान्जली बिना बाच्न नसक्ने भैसकेको थिए / त्यसैले म उसलाई भेट्न उसैको घर गए / तर मैले जे देखे त्यो देखेर मेरो मुतोको हजार टुक्रा भयो / गीतान्जलिको बिहेको कुरा चल्दै थियो / केटाको नाम राहुल रहेछ ,,,फौजको कप्तान /म भन्दा लाखौ गुना धनि , लाखौ गुना लायक / म एउटा पागल झैँ भैसकेको थिए / दुइ हप्ता पछि गीतान्जलिलाई खर्सांग हार्ट बजारमा देखे ,,कुद्दै गएर उसको हात समाते / उ मलाई देखेर छक्क परी/ कारण म "म" थिइन उसले हतार हतार आफ्नु हात म बाट छुटाई / मैले भागेर बिहे गर्ने प्रस्ताऊ राखे / तर उ हास्दै भन्न लागि --" तँ त मेरो लागि एउटा खेलौना होस् ,,,,त जस्तो मान्गने सित मैले बिहे गर्नु ,,,हा ,,हा,,हा,,,,,//// मेरो गीतान्जली र यो गीतान्जलीमा जमिन असमानको फरक थियो ,, म छक्क परेर उसलाई हेरी रहे / उ त्यहाँ बाट कति बेला गई मैले केहि थाहा पाईन///
अर्को महिना मंगसिर ७ गते गीतान्जलीको बिहे रहेछ भन्ने मैले मेरो साथि बाट थाहा पाए / ७ गते आइपुग्यो , दुलही को पोशाकमा गीतान्जली स्वर्गकी परी झैँ देखिंदै थी / म एउटा कुनामा लुकेर मात्र,, हेरी रहे / यो सब एउटा नराम्रो सपना जस्तो लग्यो ,तर,,,,,,,,,,,,,,,,,,,/ गीतान्जली डोलीमा चडी बिदा भइ / म ....केवल ,,,,हेरी रहे ////
आज ६ वर्ष पछि मैले उसलाई देखे / उसको छेउमा गएर गीतान्जली मात्र भन्न लागेको थिए ,,,,,तिंग....तिंग ......को मर मर ले म झसंग भए / मेरो सानो कालो कटोरीमा उसले १ रुपिया हालिदिएको रहेछ / अब म सधै मात्र उसलाई केवल एक नजर हेर्न हातमा कटोरी लिएर खर्सांग बजार को रेल्वे स्टेशन छेउमा बसिरहन्छु ,,,मात्र उसलाई एक नजर हेर्न ///////

"आवहन "

"आवहन "

खोई ! आज हाम्रा पुर्खाको सपनाहरु ?
खोई ! हाम्रा जतिका उत्थानहरु ?
पतनलाई मार्ग बनाएर
हाम्रा युवा-युवतीहरु कतातिर ?
हराएको होस् चाडै फर्काऊ
कुव्यवहार र कुलत त्याग
देशको उन्नति मार्गमा लग /
तिमी बिना तिम्रो जति
समाज र देश रोइ रहेछ
सुमार्ग अपनाउ जतिको निम्ति
चम्किलो तारा भएर ///

"बादल लोक "


"बादल लोक "

बादल्लै बादलले ढाकिएको बादल लोक
म देखि धेरै टाडा देखिन्छ
तरै पनि म
उफ्री त्यसलाई छुन खोज्छु
जति उफ्रे पनि म तर लडीपठाउछु
कल्पना गर्दै म बादल परिको लोक
मन मनै जब रमाउन खोज्छु
झस्किन्छु म सपनाबाट
बादल लोक तर्फ़ै हेरीपठाउछु
कस्तो होला ? के होला? बादल लोक
भनि जब मन मनै प्रश्न गर्छु
चुप्प लागि ,बादल लोक तर्फ़ै
म हेरीपठाउछु
तर अब जतिनै लडे पनि
बादल लोक पुग्ने म बाँचा गर्छु /////

"मेरो श्रदेय आले सर "

"मेरो श्रदेय आले सर "

दबदबउँदो मुहार , बीरको आकार अग्लो उचाई
रसिक बोलीले भरिएको पूरै साहित्यकार हुन् मेरो श्रदेय आले सर /
नैतीक्ताको शिला अनुशासनको उदहारण
उज्जवल भविष्यको मार्ग दर्शक
साचैनै ब्रह्मकै अवतार हुन्,
मेरो श्रेदय आले सर //
कति अपार छ भाषा प्रति प्रेम उहाको
त्यतिकै श्रद्दा गर्छु म
उनि अनि उहाको हरेक कार्यकलापको
बाँचा गर्छु हिडनेछु सदा उहाले दर्शाउनु भएको मार्गमा
सदा शिर झुकाउछु श्रद्दाले उहाको चरणमा ///
खै अरु के लेंखु म बारेमा उहाको
शब्दले बर्णन नै गर्न नसक्ने विशेषता उहाको
त्येसैले लेखनै सकिन यस पछि ......
..उनि अनि उहाको..........................

Wednesday, September 23, 2009

दशैं आयो !!!!!!!!!!!!


दशैं आयो !!!!!!!!!!!!


हामी नेपालीहरुको महान पर्व बडा दशैं, सबैले हर्ष उल्लासले मानाउछन् ///
तर के अचेल हामीले हाम्रो महान पर्व ठिक पारम्परिक तरिकाले मानाउछौ ??
प्रस्न गहकिलो छ, सोचनीय छ, छातीमा हात राख्नुहोस अनि आफैलाई सोध्नुहोस, के तपाइले .....?
अब फेरी प्रस्न उठ्छ ,,,,,पारम्परिक तरिका भनेको के हो ?
मेरो बिचारमा जे हाम्रो बाजे - बजू ले उहिले तरिका उपनौथे त्यहि नै हुनुपर्छ ,,फेरी उनीहरुले के तरिका उपनौथे ?
हुन त मलाई यो बिसैमा खात को खात लेखु जस्तो लाग्छ ,,,तर पहिले म तपाईहरुको बिचार यो बिसैमा बुझ्न चाहन्छु ,,,,अनि त्यस पछि म आफ्नु कुरा राख्नेछु ////
खुल्ला हृदयले लेख्नुहोस होला ///
---- समीर "गोर्खा" छेत्री