Saturday, September 26, 2009

मेरो पहिलो कथा


"माया नमार"

आज मैले गीतान्जलिलाई बाटोमा देखे / उ सधै झैँ असाध्यै राम्री ,आज पनि / मेरो मनमा त्यो दिनको सम्झना आय जब मैलें उनलाई पहिलो पल्ट देखेको थिए / हामी दुइको एउटा accident -मा भेट भएको थियो /
म स्कूलबाट घर आउदै थिए, उ पनि बजारबाट घर नै फर्कदै थी / भोलि टेस्ट भएको ले खातामा लेखिएको हेर्दै थिए ,त्यतिकैमा गीतान्जलीसित ठोकिए / हामी दुइको आँखा जुध्यो / मैले सर्व प्रथम sorry भनि माफ मागे उसले पनि लजाउदै sorry भनी / यसरी हामी दुइमा एउटा अतभुत भावना उत्पन्न भयो / त्यस पछि उनि आफ्नु गन्तब्य तिर लागिन / भोलि पल्ट फ्री म उसलाई देख्छु कि भन्ने आशाले त्यही बाटो तर्फ लागे / कस्तो राम्रो भाग्य रहेछ मेरो उ पनि त्यतैतिर आउदै रहेछिन / मैले धेरै आँट गरेर उसलाई hello! भनी अभिवादन गरे /मैले मेरो नाम आकाश हो भन्दा उसले पनि म गीतान्जली भनी / यसरी हामी दुइ माझ मित्रता बढ्दै गयो, हामी सधै यही स्थानमा भेट्ने गर्दथेउ /संगै स्कूल जानथेउ संगै फर्कथेउ / मलाई त्यो दिन को राम्ररी सम्झना छ जुन दिन मैले उसलाई प्रपोसे गरेको थिए / त्यो दिन हाम्रो class 12 को अन्तिम परीक्षा थियो ६ december २००५ /पहिले त उ छक्क परेर मलाई हेरिरही र त्यस पछि यसको उत्तर म भोलि दिन्छु भनी त्यो रात मेरो जीवनको सबै भन्दा लामो रात थियो / म सुत्न सकिन केवल गीतान्जली को हसिलो अनुहारलाई सम्झी रहे / बल्ल रात बित्यो म सधै झैँ morning walk -मा निस्किए / गीतान्जलीको घर बाटोमै पर्थ्यो , उसको घर नजिक आइ पुगेर एकछिन उभिए / गीतान्जली पनि बाहिर निस्किन र लजाउदै मौन रही / मैले उनको यो मौनता मा संसारको सबै सुख पाए / दिन बित्दै गयो ,,,,,गेतान्जलीको जन्म दिन पनि आइपुग्यो , हामी दिन भरि साथैमै थियौ / माया पिरतीका कुराहरु मात्र गर्दै हामीले दिन बितायौ / साँझ पर्न लाग्दा मैले गीतान्जलिलाई birthday गिफ्ट उसको अनामिका मा लगाइदिए,,,हर्सित हुदै उसले पनि उपहारमा मलाई मोई खायिन /// समयको साथ हाम्रो माया पनि अटुट हुदैथ्यो / दुइ वर्ष पछि कुनी कसरी गीतान्जलिको बुवाले हाम्रो सम्बन्धको बारेमा थाहा पाएछन् र उसलाई एक सप्ता सम्म घरमै बन्दि
बनाएर राखे / म अब गीतान्जली बिना बाच्न नसक्ने भैसकेको थिए / त्यसैले म उसलाई भेट्न उसैको घर गए / तर मैले जे देखे त्यो देखेर मेरो मुतोको हजार टुक्रा भयो / गीतान्जलिको बिहेको कुरा चल्दै थियो / केटाको नाम राहुल रहेछ ,,,फौजको कप्तान /म भन्दा लाखौ गुना धनि , लाखौ गुना लायक / म एउटा पागल झैँ भैसकेको थिए / दुइ हप्ता पछि गीतान्जलिलाई खर्सांग हार्ट बजारमा देखे ,,कुद्दै गएर उसको हात समाते / उ मलाई देखेर छक्क परी/ कारण म "म" थिइन उसले हतार हतार आफ्नु हात म बाट छुटाई / मैले भागेर बिहे गर्ने प्रस्ताऊ राखे / तर उ हास्दै भन्न लागि --" तँ त मेरो लागि एउटा खेलौना होस् ,,,,त जस्तो मान्गने सित मैले बिहे गर्नु ,,,हा ,,हा,,हा,,,,,//// मेरो गीतान्जली र यो गीतान्जलीमा जमिन असमानको फरक थियो ,, म छक्क परेर उसलाई हेरी रहे / उ त्यहाँ बाट कति बेला गई मैले केहि थाहा पाईन///
अर्को महिना मंगसिर ७ गते गीतान्जलीको बिहे रहेछ भन्ने मैले मेरो साथि बाट थाहा पाए / ७ गते आइपुग्यो , दुलही को पोशाकमा गीतान्जली स्वर्गकी परी झैँ देखिंदै थी / म एउटा कुनामा लुकेर मात्र,, हेरी रहे / यो सब एउटा नराम्रो सपना जस्तो लग्यो ,तर,,,,,,,,,,,,,,,,,,,/ गीतान्जली डोलीमा चडी बिदा भइ / म ....केवल ,,,,हेरी रहे ////
आज ६ वर्ष पछि मैले उसलाई देखे / उसको छेउमा गएर गीतान्जली मात्र भन्न लागेको थिए ,,,,,तिंग....तिंग ......को मर मर ले म झसंग भए / मेरो सानो कालो कटोरीमा उसले १ रुपिया हालिदिएको रहेछ / अब म सधै मात्र उसलाई केवल एक नजर हेर्न हातमा कटोरी लिएर खर्सांग बजार को रेल्वे स्टेशन छेउमा बसिरहन्छु ,,,मात्र उसलाई एक नजर हेर्न ///////

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.