Thursday, December 2, 2010

“मेरो कविता, म होइन”

तिमी अघि उभिँदा
म जस्तै लाग्छ
ए ऐना !
उही रुप,उही अंग
उही म,
तरैपनि
मेरो प्रतिबिम्ब म होइन,
विचार भिन्नै
भावना भिन्नै
मेरो कविता,म होइन !
ठुलो घरको
बन्द कोठामा
३० बर्षे
तरुनी झैँ
कसैको पहिलो
स्पर्ष
पर्खिरहेछ
मेरो कविता,म होइन !!
चोट, व्यथा
पीर, मर्क
दुख,सुख
मिलन,बिछोड
सबैले
भरिएको,
लाहुरेको चिट्ठी झैँ
हुलाकीको थैलोमा
गन्तब्य खोज्दैछ
मेरो कविता, म होइन !!!
जीवनरुपी बगैचामा
अजम्बरी
फूल झैँ
फुल्छ,
आकाश जस्तै
अमर कविता मेरा
म जस्तै
दुइ दिनको
पाहुना होइन,
मेरो कविता, म होइन !!!!

Monday, October 4, 2010

"माया"

मलाई तिम्रो माया अन्योलको समुन्द्र जस्तो भो,
जहाँ हिरा र मोतीले बास पायो कि पाएन!
तिमी मेरो माया गंगाकाशको ग्रह जस्तो भन्छौ,
त्यहाँ ग्रहणको पर्दाले छेकिएको थाहा भएन!!

कल्पना सपनाको प्रतिरुप मात्र हो भने तिमीलाई,
बिपनाको यथार्थमा मायाको परिभाषा किन खोज्छौ!
प्रणयको प्रारम्भ भयो तिमी सितै भन्छौ भने,
चेतनाको यातना तिमी किन भोग्न खोजि रहन्छौ!!

तिम्रो मायाको सफलतामा मेरो असफलताको सपना छ,
तिमी मेरो छाया भै संग-संगै हिडी रहयौ सधै-सधै!
तिमीले भन्छौ परिकल्पनाको संसारमा हाम्रो घर छ,
त्यही कल्पनाको संसारमा कल्पेर पनि तिमी हेर अझै!!

माया त् समयको पर्याय सितै बहने गर्छ भन्छु म त्,
तिमीलाई कस्तो मायाको अभाव,तृष्णा त् मेटाउने छुइना!
तिमी फूलको पराग मात्र सम्झन्छौ भने मायाको शब्द,
जीवनको सहयात्री सम्झ,प्यास मेट्ने भमरा होइन!!

“म” मा “तिमी” पाए

हिड्दै थिए घनघोर अँधेरीमा
लड्दै,पछारिदै,र भौतारिदै
आशा थिएन सुर्यको मलाई तर ,
सानु प्वाल बाट बिशाल ज्योति पाए
सुनेथे अन्धकारलाई हटाउनु,
झिल्को नै पर्याप्त छ
आहा! कस्तो भाग्य मेरो
मैले त श्रोत नै पाए
हो प्रभु,
मैले तिमीमा सत्यता पाए
हो प्रभु,
मैले तिमीमा जीवन पाए
हो प्रभु,
मैले “म” मा “तिमी” पाए !!!
--समीर “गोर्खा” छेत्री

Sunday, May 30, 2010

के म अमर भए त् ?

बाग विलुप्त हुदैछ आरे
तर हिज,आज अनि भोलि
पनि त् बागले
दहाडथियो,दहाड्छ अनि
दहाडदोरहेछ
भनेर सबैलाई थाहा रहनेछ,
के बाग अमर भयो त्?
कलमले हिज,आज र भोलि
पनि त् लेखथियो,
लेख्छ र लेख्दो रहेछ
भनेर सबैलाई पत्तो छ
के कलम अमर भयो त्?
भन्न त् मेरा बन्दूहरुले
पनि भन्छन
कि तिम्रो अवाज
हामी भुल्ने छैनौ,
तिम्रो नाम हृदयमा
नामेटनेगरि लेख्नेछौ
मेरो आवाज पनि विलुप्त
नै हुदैछ भनौ
हिज,आज अनि भोलि
सुनिन्थियो, सुनिन्दैछ
र सुन्नेछैनौ
के म पनि अमर भए त् !!!

Sunday, May 23, 2010

"तिमी मरेका छैनौ"

तिमी मरेका छैनौ,
अंह! तिमी मर्ने पनि छैनौ,
तिमी त् अमर भएकाछौ,
हरेक पक्का गोर्खालीको मुटुमा,
आमाको चित्कारमा,
तिमी बाचेका छौ,
तिम्रो रगतले पोतिएको माटो
आलै छ यहाँ,
अनि रहनेछ जब सम्म
यो माटो हाम्रो रहन्छ,
तिम्रो उत्सर्ग खेरो जाने छैन
तिम्रो रगतको ऋण
तिर्न त् नसकुला
तर हे माया को देवता ,मदन तिमी
तिम्रो पाइला पछाउने छु,
अनि एक दिन तिमीलाई
तिम्रै माटो ,,हो तिम्रै माटो
म श्रद्दान्जली स्वरूप
अर्पण गर्नेछु
हो, तिमीले भने झैँ
सदैव गोर्खाको गौरव राख्नेछु
सदैव गोर्खाको गौरव राख्नेछु !!!!

Friday, May 21, 2010

"गोर्खा भनौदाहरु"

पूर्खाको कमाईमा मै हूँ भन्ने हे मानव,
आफू गोर्खा हूँ भन्ने धाक पिठछौ!
विश्व थर्कमान बनाएका छौ भन्दै,
आफ्नै गाउँ-घर जलाएका छौ !!

खोइ त् कसलाई दोष दिने,
पीता-पूर्खालाई कि समयलाई ?
त्यो सिंहको मुटुलाई कि,
त्यो गोरुको बुद्धिलाई ? !!!!

गोर्खाको नाम राख्नेछु भन्नेहरु,
आउन त् धेरै नै आए,
जन्ता अघि धूलो छर्की,
गान्धीजम् को आडमा फ्यासीजम् ल्याए !!!!!

"Mobs has many heads but no brains",
सेक्सपियरको यो कथन अब आज सत्य भो,
हे मानव अब त् जाग,
हामी सबै एकै हौँ भन्ने नारा कता गो !!!!!!

Thursday, April 1, 2010

"अन्तिम यात्रा"

हिडदैछु म
पाइलाहरु सर्दैछन
धेरै ठेस खाएर
थुम्का-थुम्की पार गरेर
उकाली-ओराली
घाम-पानी
हुरी-बतास
सबै सहेर
हिडदैछु म
मेरो शरीर थाकेको छ
मन गलेको छ
म नि: शब्द भएको छु
तर हिडदैछु म
यो नयन तिर्खाएको छ
तर मलाई तृप्ति दिने
कोहि छैन
आँखा रसीएका छन
गाला भिजेका छन
तर पुछीदिने कोहि छैन
हिडदैछु म
शीतल समीरले चस्स छोएपछि
म बिउझिए
खोलाको कल-कल
चारैतिर सु-बासना सुमनको
स्वच्छ हावा
खुल्ला आकाश
अनि एउटा अलौकिक चमक
म आतिएको छु
यो नौलो परिभेषमा
चीचौदैछु
कराउदैछु
धेरै कोसिश पछि
मेरो नि: शब्दता तोडियो
आमा! आमा! आमा!
ढोका खोल न !
आमा! आमा! आमा!
आमा! जाडो भो !
ढोका खोल न !
हिडदैछु म
मेरो अन्तिम यात्रा
हिडदैछु म lllllll

Tuesday, March 16, 2010

"जाग जाग अब जाग न जाग"


संसारले मानेको संसारले चिनेको,
सत्यवादी हामी, अथम-बिनम्र हामी,
विश्वसनीय हामी गोर्खाली,
रिति र रिवाज भुल्दै-नभुल्ने,
इतिहास कोर्ने गोर्खाली !
हाम्रो पूर्खाको रगतले भिजेको त्यो
इतिहास आज इतिहास मात्रै भो,
गोर्खालीको नाम खै कता बिलायो कहाँ गो !!
टिस्टा-रंगित झैँ मिल्ने स्वच्छ हृदय हाम्रो,
जाति-जाति, थर-थरमा चुडियो,
संयौ फूलका थुंगा एउतै माला हामी, सबैले बिर्सियो !!!
आफ्नै दाजु-भाइको रक्त पिपासु भएर
मै हूँ भन्नेहरु धेरै जन्मिएका छन् यहाँ,
आवाज देउ माटो दिन्छु भन्नेहरु हेर्दा हेर्दै पुगे कहाँबाट कहाँ !!!!
आवाज त् दिए माटो खोई ???
सिन्दुली टिका छोडी माटोकै टिका लाए,, माटो खोई ????
१९०७ मा माटो देउ भनि बजे करायोथियो रे,
१९८६ मा बूवा , अनि २००७ देखि अहिलेसम्म म,
तर माटो खोई ?????
भूल चै पक्कैपनि भयो,,लू है !!!!!
आँखा चिम्ली हिडे लडिन्छ,
हामी त् भविष्य सोच्दैछौ,
नेता रोज्न सायद हामीले गल्ति पो गर्दैछौ !!!!!!
प्० धरणीधरले भन्नुभाको
अब चै पक्कै दोहोरौ,
अब आँखा खोलौ, जागौ,
समाज, जाति र माटोको उन्नति मार्गमा लागौ !!!!!!!

Friday, March 12, 2010

"मलाई सुत्नु छ"


हरेक रात मेरो आँखा मात्र सुत्छ, हरेक दिन मेरो आँखाले हेर्छ मात्र, म अनिदो छु, म थाकेको छु, सुत्न मन लागिरहेकोछ,, मेरो कान,आँखा,मस्तिक्ष सबै सुतोस ,,,यस्तो निन्द्रामा डुब्न मन छ,,ll त्यसपछिको बिहानीले सायद एउटा नया उत्सा-आकंसा ल्याउला !!!!!

Wednesday, March 10, 2010

"सम्झना"


निरसताको जीवन मेरो साह्रै नै उजाड
उमंग देखे आशा है देखे तिमीमा हजार l
इच्छा है जाग्यो तिमीलाई आफ्नो बनाउने मलाई
सहर्ष मलाई अंगाल्येउ तिमीले आफ्नु है बनाई ll
नदेखे सम्म को हो को हो
देखे पछि माया मोह !!!
तोतेमा बोलि बोल्नेलाई तिमीले गाउन है सिकायौ
अवाज तिम्रो सुर है मेरो संसारलाई चिनायौ l
सिक्किम देखि नेपाल सम्म स्वर हाम्रो गुन्जन्छ
सबैको मनमा नाम है तिम्रो अमर रहन्छ ll
नदेखे सम्म को हो को हो
देखे पछि माया मोह !!!
चान्दमारी बाट ओर्लन्छन उनी ज्याकेट-बूट लगाई
स्वप्न बुन्छन सबैको उनले ती हाम्रो छोपेल दाई ll
बिन्दास बोल्ने भन्ने है गरि चिन्दछन उनलाई
खरसाँग बस्ने मन्त्र है बाड्ने ती हाम्रा विश्व दाई l
सिर्जना हाम्री नुश्खा कि खानी साह्रै नै सयानी
सिलगडी बाट आएछिन उनी चार भाषाकि ज्ञानी ll
खरसांगे पाखा दुमारम डाडा के राम्रो देखेको
Goodmorning सिक्किम भन्दै है सधै प्रतिक्षा आएको ल l
नदेखे सम्म को हो को हो
देखे पछि माया मोह !!!
छोडी है गयौ सबैलाई आज नौ डाडा काटी
सम्झेर तिमीलाई दुक्छ है मुटु चर्किन्छ छाती l
बाचा है गर्छु भुल्दिन तिमीलाई ए मेरा साथी भाई
राख्छु है मनमा सधैको लागि त्यो तिम्रो मिठो सम्झनालाई !!!!
नदेखे सम्म को हो को हो
देखे पछि माया मोह !!!

जतिपनि बिछोड़ीएका साथीहरुलाई समर्पित !!!!!!

नीलम तिमी !


सागरको गहिरो निलो रंग , आकाशको त्यो फैलिएको निलो रंग ,
कति सुन्दर अनि बिस्तृत छ ,,हगी !!
एकदम्मै बिशाल ,,,,,,
जति दुबु उति सुन्दर ,,,जति हेरु उति मनोरम !!
तिमी पनि त् त्यस्तै रहेछौ !!!
मणीमा सबसे श्रेष्ठ ,,नीलमणि तिमी ,,
शनिप्रिय तिमी ,,,,
हो यही हो तिम्रो नाम ,,,
गहिरो निलो रंग ,,,,,,,,,,,,,,नीलम तिमी !!!!

Monday, February 8, 2010

"चुरोट समिति अध्यक्षको आवहन"


धेरै दिनको मेहनत पछि आज म बल्ल बजारमा आइपुगे l रनेको पशलमा बिस्कुट, साबुन, छौ-छौ, सितै म पनि शानसित चट्ट मिलेर बसेको छु l कहिले काही हामी सबैको एक-अर्कामा बातचित हुन्छ l बिस्कुटलाई आफूमा बडो घमण्ड छ,"सबैलाई म पोस्टिकता दिन्छु", उ सधै भन्ने गर्छ l साबुन पनि आफूलाई समाज सेवक ठान्छ l छौ-छौ को त् झन् कुरै छैन,बडो घमण्डले प्याकेटमा फुल्लिएर बसेको छ l म चाहिँ धेर बोल्दिन इनिहरु सित मेरो बात पनि मिल्दैन l बरु मेरो दाजु भाईहरु सित दुख-सुखको कुरा गरि बस्छु l हाम्रो सानो घर छ, १० जनाको सानो परिवार l सानो घर भएपनि हामी १० भाई मिलेर बसेका छौ l
रने दाइको पशल एकदमै शिसो छ, १० बर्षको मेहनतको कमाईले बनाएको पक्काको पशल l आज दिन राम्रो छ, रने दाईले हामीलाई आशाध्यै माया गर्नु हुन्छ, त्येसैले त् आज बरन्डामा बिस्कुन ओछाएर हामीलाई घाम तपाउदै हुनुहुन्छ l बिचरा छौ-छौलाई आज अलि बिसन्चो छ l मुसाले इनको आधा जिउनै खाईदिएछ l रने दाईले उनलाई छेउको ठुलो भाडामा हालिदिएका छन् l साँझको ६ पनि बजिसकेको छ, परि क्षितिज रातो देखिदै छ र हामी पनि आ-आफ्नो ठाउमा आइसकेका छौ l
रने दाई र भाउजु दिनको हिसाब गर्दै छन् l फुर्बा दाजुको २०० रुपिया बाकी छ अर्को महिना मागी हाल्नु पर्छ, भन्दै अब उनीहरु सुत्न लागेका छन् l भालेको डाकमै रने दाई उठेर पशाल्को ढोका पनि खोलेर पूजा-पाठ गर्दै छन् l त्यतिकैमा कसैले रने दाजु एक प्याकेट चुरोट दिनुहोसन भनेको सुने l रने दाईले २० रुपिया लिएर उनको लागि प्याकेट र मेरो सानो घर परिवार सितै दिहाले l मलाई किन्ने साहब त् १९ बर्षे कलिलो ठिटो रहेछ l हाम्रो जेठा दाजुलाई चट्ट ओठमा च्यापेर शानसित पिउदैछन् l मै हूँ भन्ने चालको हिडाई छ इनको l कसैले इनलाई अलिकता छोयो मात्र भने पनि एकै बक्सिंगमा ढाल्दिन्छ जस्तो l हामी रहेको ९ भाइलाई प्याकेट सितै जिनिस प्यान्त्को पछाडिको खल्तीमा हालेका छन् l खल्तिले जमीन छुन आँटेको झैँ छ, हामीलाई कस्तो डर्र लागि सक्यो इनलाई के न के l आफनु साथीहरुलाई इनले अब भेटेका छन्, अन्त whats up bro !!! भन्दै सम्बोधन गर्दै छन् l झन्डै छ जना जस्तो साथिहरुलाई लिएर इनी अब जंगल पसेका छन्l हाम्रो एक भाइलाई निकालेर post mortem गर्दै छन् l हरियो-हरियो, सुकेको-सुकेको पात माडेर हाम्रो भाई भित्र भर्दै छन् l ब्रो! एक एक प्फ्फ़ मात्र है! भन्दै पालै-पिलो तान्दैछन् l छेउमा ताप्नको लागि आगो पनि फुकेका छन् ई ठिटाहरुले l आँखा रातो बनाएर झ्याप भएर आगो पनि ननिभाई आफ्नो बाटो लाग्दै छन् l म खल्ती बाटै कराए-"लु है ! अब डरेलो लाग्ने भो ! कसैले अग्नि समन केन्द्रलाई फोन गरिदिनुहोस", तर मेरो कसले सुन्ने l
बाटोमा एक कुल्ली काम गर्ने भरियालाई पनि मातेको झोकमा , हाम्रो एक भाई सोपिदिएकाछन l त्यसपछि के भो ति भाईको मुखबाटै सुन्नुहोस l दिन भरिको कामले थकित कालु दाई बल्ल घर आइपुगेका छन् l टिनले बारेको सानो घर, धुप्पिको घोंचा र बाकलले बनाएको लामो पलंग, एउटा दर्रो डोरीको नाम्लो, एउटा फाटनै आँटेको बोरा, लाबरले बाधेको एउटा पुरानो रेडियो, भित्तामा एउटा ठुलो सिक्को ५ घडी र २४ कांटे डम्फु, पलंगमा पड्दै गरेको इनको नानीहरु बिरे र कुमारी अनि छेउमा भान्सा गर्दै गरेकी इनकी स्वास्नी कान्छी, यी सबै नै हुन् कालो दाइको सम्पति l ए हे ! मेस र चौकी त् भन्नै बिर्सिएछु l पलंग नजिक कडा काठले राम्ररी मिलाएर बनाएको एउटा मेस र चौकी पनि छ l आफूलाई "कालो अक्षर भैसी बराबर" भएपनि बिरे र कुमारीलाई धेरै पडाएर ठुलो मान्छे बनाउने सपना छ रने दाईको, त्यसैले त् दिन रात पसिना बगाएर दैनिक १०-१० रुपिया जम्मा गरेर छोरा-छोरीलाई पडन-लेख्नको लागि कडा काठको मेस र चौकी बनाईदिएका छन् l भान्सा त्यार भो, चारै जना एउतै थालबाट मिठो मानि मकैको ढेड़ो र सिद्रा- सुकुटीको झोल गुलुत-गुलुत निल्दै छन् l कालो दाइको देब्रे पट्टिको कानमा चेपिएर म सबै हेर्दै छु, सुन्दैछु l कान्छीको हाथमा दिनभरिको कमाई १ सय ५० रुपिया थमाएर कालु दाईले बल्ल मलाई सल्काउनु भो l
रने दाजुको पशलमा अब फेरी म नया घरमा चट्ट मिलेर बसेको छु l अस्तिको भन्दा रने दाइको पशलमा समान अलि कम्ति भएको जस्तो लग्यो, धेरैले बाँकि तिरेनरहेछ, त्येसैले l हाम्रो ग्राहकहरु यस्तै हुन्छन l महाजनको पशलमा चै ऋण गरेर भएपनि हजार-हजार समेत तिर्छन, बिचरा! रने दाई ! जे होस् हामीलाई चै सबैले खुब रुचाउछन्, पशलमा अरु समान नभए पनि हामी चै अटी-नअटी भएर बसेका हुन्छौ l उ, हेर्नुहोस त्, अचेलका ठिटीहरु, एक प्याकेट त् किनेर लगीहाले l रने दाईपनि ठिटीहरु भनेपछि त् चम्की पो हाल्छन त्-"बहिनीहरुले चुरोट किन तानेको?" ठटेउली स्वरमा सोधी हाले l बहिनीहरुले पनि "figure maintain" गर्न भनेर लाज नमानी उत्तर दिहाले l
अब त्यो अघिको गाँजे ठिटो अलि बिरामी भएछ, डाक्टर कहाँ जचाउनु आएकाछन् इनी l डाक्टरले उसको ओठ हेर्न साथ्,"do you smoke?" भनेर प्रश्न गरिहाले l बिचरा ठिटाले पनि "yes,but occasionally" भनेर झूट बोलिहाल्यो l "You know smoking is injurious to health,you shouldn't smoke,so quit smoking ok ! भन्दै कागजमा केहि दबाईको मान लेखेर त्यो ठिटोलाई दिए l "Thankyou doctor"- भनेर त्यो ठिटो निस्केको मात्र थियो, डाक्टर साहबले हाम्रो एक भाइलाई सल्काई हाले l अघि smoking is injurious to health भन्ने डाक्टर अहिले आफै !!!!! सायद डाक्टर को फोक्सो अलि दह्रो हुन्छ होला हगी!!!! हत्त पत्त केहि नहुने!!!!
स्वास्थिय विभागले कानुन लागुगरेको छ, सार्वजनिक स्थलमा धुम्रपान गर्नु अपराध हो!!! ठूल-ठूलो नक्साहरुपनि धेरै ठाउमा टालीदिएकाछन् l मलाई त् बडो डर्र लाग्छ बा!!! तर असलमा जो डराउनु पर्ने उ चाहिँ बंग-बंग धुवा उडाउदै कानूनको उलंगघन गर्दै छन् l कानूनका रक्षकहरु हो !! आँखा खोला अब त् जाग!!!!
हो म हानिकारक छु l तर मेरो घरको बाहिरी भित्तामा ठूल-ठूलो अक्षरमा रातो मसिले "Smoking kills, smoking is injurious to health" को चेताउनी हुन्छ त् !!!!!!! कि पाठसालामा गुरुबाले ई अक्षरहरु सीकाउन बिर्सनु भो!!??!!!! फेरी कसै-कसैले "हामी त् पडन लेख्न जान्दैनौ" भन्लान, साथीहो अरुले बरु अनपड-असिकक्षितलाई छुटाउलान् तर हामी चै त्यस्ता होइनौ ,,,हामी सबैलाई माया गर्छौ ll तपाइको लागि पनि ठूलो घाऊ भएको फोक्सोको नक्सा त् छदैछ त् !!!! अब कालु दाई बिरे र कुमारीलाई ठूलो मान्छे बनेको देख्नुछ भने आजै मलाई त्याग्नुहोस l ठिटा-ठिटीहरु तिमीहरु त् समाज र देशको भविष्य हौ ,,समाज-देशलाई तिम्रो खाचो छ l डाक्टर साहब अरुलाई सल्लाह दिनु मात्र होइन, for you also smoking is injurious to health .त्यसैले सम्पूर्ण हाम्रा चुरोट समितिको अध्यक्षको हैसियतले म भन्दछु ,,म आवहन गर्दछु ,--"SMOKING IS INJURIOUS TO HEALTH,SO QUIT SMOKING.......

Friday, January 29, 2010

"म, मिस्टी अनि क्षणहरु"


निरसताको जीवन मेरो साह्रै नै उजाड
उमंग देखे आशा है देखे तिमीमा हजार l
इच्छा है जाग्यो तिमीलाई आफ्नो बनाउने मलाई
सहर्ष मलाई अंगाल्येउ तिमीले आफ्नु है बनाई ll
तोतेमा बोलि बोल्नेलाई तिमीले गाउन है सिकायौ
अवाज तिम्रो सुर है मेरो संसारलाई चिनायौ l
सिक्किम देखि नेपाल सम्म स्वर हाम्रो गुन्जन्छ
सबैको मनमा नाम है तिम्रो अमर रहन्छ ll
औदामा जेष्ट मनले श्रेष्ट धेरै नै शान्त
मन है खोलि रसिक बोली नाम उनको निशान्त l
राजस्तान बस्ने हिसाब गर्ने ती हाम्रा मुरारी
यहाँ है आज आएका उनी भारत चाहारी ll
ध्वनिमा शिक्षित दिपेन्द्र दीक्षित घर उनको दार्जीलिंग
मुखले उनले जे नै बोले, मनले उनि किंग l
प्राविदिक हाम्रो ठुलोमा दाजु सोनादा तिनको गाउँ
मिलन बोली मुटु नै खोली दिल्लीराम तिनको नाउ ll
हिउ जस्ती गोरी सिक्किम कि छोरी साह्रो छ तिनको काम
रानीपूल बस्ने सधै हास्ने सिन्थिया तिनको नाम l
चान्दमारी बाट ओर्लन्छन उनी ज्याकेट-बूट लगाई
स्वप्न बुन्छन सबैको उनले ती हाम्रो छोपेल दाई ll
बिन्दास बोल्ने भन्ने है गरि चिन्दछन उनलाई
खरसाँग बस्ने मन्त्र है बाड्ने ती हाम्रा विश्व दाई l
सिर्जना हाम्री नुश्खा कि खानी साह्रै नै सयानी
सिलगडी बाट आएछिन उनी चार भाषाकि ज्ञानी ll
खरसांगे पाखा दुमारम डाडा के राम्रो देखेको
Goodmorning सिक्किम भन्दै है सधै प्रतिक्षा आएको l
हँसिलो मुहार रसिलो आँखा मिठो छ बोली
आफ्नो है माने रोहितलाई मैले हृदय खोली ll
अड्डा है स्यारने हलुका बोल्ने विजय हाम्रा
झ्याल बाट हेर्दा रान्का है देख्ने दृश्य कति राम्रा l
भन्दैनौ हामी कलम भन्दा ठुलो छ तरवार
सुखमा हास्ने दुख है बाड्ने हाम्रो यो सानो परिवार ll
जाँदै छु आज सबैलाई छोडी नौ डाडा काटी
छोडी है जाँदा दुक्छ है मुटु चर्किन्छ छाती l
बाचा है गर भुल्दैनौ मलाई ए मेरा साथी भाई
राख्नु है मनमा सधैको लागि यो शीतल चंचल समीरलाई lllllllll