Wednesday, March 10, 2010

"सम्झना"


निरसताको जीवन मेरो साह्रै नै उजाड
उमंग देखे आशा है देखे तिमीमा हजार l
इच्छा है जाग्यो तिमीलाई आफ्नो बनाउने मलाई
सहर्ष मलाई अंगाल्येउ तिमीले आफ्नु है बनाई ll
नदेखे सम्म को हो को हो
देखे पछि माया मोह !!!
तोतेमा बोलि बोल्नेलाई तिमीले गाउन है सिकायौ
अवाज तिम्रो सुर है मेरो संसारलाई चिनायौ l
सिक्किम देखि नेपाल सम्म स्वर हाम्रो गुन्जन्छ
सबैको मनमा नाम है तिम्रो अमर रहन्छ ll
नदेखे सम्म को हो को हो
देखे पछि माया मोह !!!
चान्दमारी बाट ओर्लन्छन उनी ज्याकेट-बूट लगाई
स्वप्न बुन्छन सबैको उनले ती हाम्रो छोपेल दाई ll
बिन्दास बोल्ने भन्ने है गरि चिन्दछन उनलाई
खरसाँग बस्ने मन्त्र है बाड्ने ती हाम्रा विश्व दाई l
सिर्जना हाम्री नुश्खा कि खानी साह्रै नै सयानी
सिलगडी बाट आएछिन उनी चार भाषाकि ज्ञानी ll
खरसांगे पाखा दुमारम डाडा के राम्रो देखेको
Goodmorning सिक्किम भन्दै है सधै प्रतिक्षा आएको ल l
नदेखे सम्म को हो को हो
देखे पछि माया मोह !!!
छोडी है गयौ सबैलाई आज नौ डाडा काटी
सम्झेर तिमीलाई दुक्छ है मुटु चर्किन्छ छाती l
बाचा है गर्छु भुल्दिन तिमीलाई ए मेरा साथी भाई
राख्छु है मनमा सधैको लागि त्यो तिम्रो मिठो सम्झनालाई !!!!
नदेखे सम्म को हो को हो
देखे पछि माया मोह !!!

जतिपनि बिछोड़ीएका साथीहरुलाई समर्पित !!!!!!

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.