Wednesday, February 23, 2011

"१०० ग्राम जिन्दगी"

तिर्खा मेटाउन किन्नैपर्ने
दार्जीलिंगको पानी जस्तो यो जिन्दगी,,
रुन मात्र जान्ने बामी सर्ने
अबोध सानु नानी जस्तो यो जिन्दगी,,
जडियाको खल्तीको रितिएको
बोत्तलको रक्सीको मात्रा जस्तो यो जिन्दगी ,,
कहिल्यै गन्तब्य नभेटिने
बेटुङ्गोको यात्रा जस्तो यो जिन्दगी,,
जता टेक्यो त्यतै काँडा,
जता बस्यो त्यतै छाया,,
मेरो जिन्दगी ,,,,,,,,,
१०० ग्राम जिन्दगी !!!!

"मेरो कोठाको ऐना भित्र"

मेरो कोठाको ऐना भित्र
एउटा ठिटो रुदैछ,
मन भित्र लाखौ प्रश्नहरु लिएर
मलाई नै एकहोरिएर हेर्दैछ,
तर आज उसलाई
सान्तवना समेत पनि म दिन सक्दिन,
कसरी भनु उसलाई,
“उ” फर्की आउछिन् भनी ?
जब “उ” त कसैकि भइसकी
कसरी भनु,
“उसले” खाएका कसम झुटो भनी ?
ऐना भित्रका रसिएका आँखा
मलाई प्रश्न गर्दैछन्,
अपार माया गर्नु
के उसको भूल थियो?
आधुनिक सोंच, आधुनिक पहिरन
नहुनु उसको कमजोरी कि गर्व???
उ भन्दा
संयौ गुणा “आधुनिक” खोजिसकी,
कसरी भनु,
“उसले” कसैलाई रोजिसकी ?
मेरो कोठाको ऐना भित्र
एउटा ठिटो रुदैछ
मन भित्र लाखौ प्रश्नहरु लिएर
मलाई नै एकहोरिएर हेर्दैछ
तर.............................................

Monday, February 14, 2011

"गोर्खाभुमिले बलिदान खोज्दैछ"

गोर्खाभुमिले बलिदान खोज्दैछ, चढाई देउँ मेरो बली
म मरेर यो भूमि मुक्त हुन्छ भने भोली !
प्यारो छ मलाई मेरो भूमि, प्राण भन्दा बडी
रक्षा गर्नेछु सदा तिम्रो, छाती थापी अघि बडी !!
चेलीको उत्सर्ग भुलेको छुइन, भुल्ने छैन
अघि आउछु म नि, म कायर होइन !!!
जन्मभुमिले त्याग खोज्दैछ, त्यागिदेउ आमा मलाई
तिम्रो त्यागले हुन्छ भने, गोर्खाको भलाई !!!!
हेर “आमा”, तिम्रो मुक्तिको निम्ति सन्तानहरू लडिरहेछन्,
तिमीलाई स्वतन्त्र बनाउन, गणतन्त्रको बाटोमा हिडीरहेछन् !!!!!
लट्ठी-गोलीको बाटो छेक्दै, जय गोर्खाको नारा लाउदैछन्
तिम्रो निम्ति युद्ध-भूमिमा, शहिद भइ अमर बन्दैछन् !!!!!!
स्वतन्त्र बनाउनै छ यो भूमिलाई, आज या भोली,
आउ मिलु सबै, भेद-भाव छोडी हृदय खोलि !!!!!!!
गोर्खाभुमिले बलिदान खोज्दैछ, चढाई देउँ मेरो बली
म मरेर यो भूमि मुक्त हुन्छ भने भोली !!!!!!!!