Thursday, April 1, 2010

"अन्तिम यात्रा"

हिडदैछु म
पाइलाहरु सर्दैछन
धेरै ठेस खाएर
थुम्का-थुम्की पार गरेर
उकाली-ओराली
घाम-पानी
हुरी-बतास
सबै सहेर
हिडदैछु म
मेरो शरीर थाकेको छ
मन गलेको छ
म नि: शब्द भएको छु
तर हिडदैछु म
यो नयन तिर्खाएको छ
तर मलाई तृप्ति दिने
कोहि छैन
आँखा रसीएका छन
गाला भिजेका छन
तर पुछीदिने कोहि छैन
हिडदैछु म
शीतल समीरले चस्स छोएपछि
म बिउझिए
खोलाको कल-कल
चारैतिर सु-बासना सुमनको
स्वच्छ हावा
खुल्ला आकाश
अनि एउटा अलौकिक चमक
म आतिएको छु
यो नौलो परिभेषमा
चीचौदैछु
कराउदैछु
धेरै कोसिश पछि
मेरो नि: शब्दता तोडियो
आमा! आमा! आमा!
ढोका खोल न !
आमा! आमा! आमा!
आमा! जाडो भो !
ढोका खोल न !
हिडदैछु म
मेरो अन्तिम यात्रा
हिडदैछु म lllllll

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.