Thursday, January 13, 2011

“म मरेर,जिउन चाहन्छु”

म मर्न चाहन्छु
तर जिउदो रहेर
म जिउन चाहन्छु
तर मरेर,
मेरा मृत्युले तिमीलाई
जिउने जोस दियोस,
मेरो जीवनले तिम्रो जीवनमा
नया ज्योति ल्याईदियोस !!
म बस्न चाहन्छु तिम्रो हृदयमा
तर मिठो सम्झना भएर,
म खस्न चाहन्छु तिम्रा आँखाबाट
तर याद भएर,
मेरो बसाईले तिम्रो हृदयमा
मायाको दियो सदैव जलाई राखोस,
मेरो खसाईले तिम्रो जीवनबाट
दुख, कस्ट हरेर लगोस् !!!
म बज्न चाहन्छु सदैव
तर मिठो गीत भएर,
म आउन चाहन्छु सदैव
तर बिहानीको शीत भएर,
मेरो गीतले तिम्रो
थकाईलाई चट्ट लिई उडोस,
मेरो आगमनले
तिम्रो जीवनमा नया उमङ्ग ल्याओस,
म बाच्न चाहन्छु
तर मेरा यी शब्द भएर,
म हास्न चाहन्छु
तर तिम्रो खुसि भएर,
मेरा शब्दले सदैव
तिमीलाई अघि बड्ने साहस दियोस
मेरा हँसाईमा सदैव
म नै बाँची रहोस् !!!!
म मर्न चाहन्छु
तर जिउदो रहेर
म जिउन चाहन्छु
तर मरेर,,,,,

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.