Monday, July 4, 2011

"गजल"

हाल खबर के छ आज भोली हजुरको
चिठी-पत्र आउनै छोड्यो आज भोली हजुरको ! (१)

दुर्पिन डाँडा, डाउहिल पाखा सँग-सँगै घुमेको
आलै छ मनमा सम्झना सबै सधैँभरि हजुरको !! (२)

चौरस्ता मुनि झरीको याममा पोलेको मकै खाएको
झझल्को ल्याउछ यो बर्षे मास घरि घरि हजुरको !!! (३)

बिछोडको योगमा यो मुटू दुक्छ यो छाती चर्कन्छ
त्यो डाँडा हेर्दै प्रतिक्षा साँच्छ दुइ नयन हजुरको !!!! (४)

--समीर "गोर्खा" छेत्री--
रचनाकाल-- ४/७/२०११

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.