Wednesday, June 17, 2009

टुसा --सारंगी अनि तुंगनाको मिश्रण




हाम्रो संस्कृति धेरै धनि छ ,विभिन्न जातमा प्रचलित लोक-बाजाहरुले नेपाली जातिको लोक बाजाहरुको संख्या बाडिने छ/तर यसमा धेरै बाजाहरु साधारण प्रयोगमा नआउने हुनाले प्राय लुप्त भइसकेका छन् / आदिकालदेखि चलिआएको युग-युगसम्म पहाडी झरनाको प्रवाह जस्तो बगिरहेने गाउँ घर टाडा टाडा बन जंगल खोला नाला , बगरफाँट र सेरो-फेरो रमाइलो बनाउने नेपाली लोक बाजा , लोक गीत र नाचले नेपाली जन जीवनमा आफ्नै संस्कृतिक धरोहर सृजना गरेको छ /
हिज आजका ठिटा ठिटीहरुलाई त झन सायद नै आफ्नु जातिय बाजाहरु को बिसैमा थाहा होला / धेरै दुख लाग्छ ,तर आज म धेरै खुसि छु /एक संस्कृति प्रेमीलाई आज मैले संयोगले भेटाए ,,,,,,कलिम्पोंग निवासी श्री लोकेश जी लाई ////धेरै खुसि लग्यो /// उनले सारंगी अनि तुंगनाको मिश्रण गरेर एउटा नौलो बादन को सृजना गर्नु भएको रहेछ /// उनकै हातबाट यो बाजा बजेको सुन्ने मौका पनि पाए ,,,,,,,बाजाको नाम "टुसा" राख्नु भएको रहेछ ,,
टु-तुंगना बाट अनि सा--सारंगी बाट //////
सारंगी--सारंगी बिसेष गाइने जतिले बजाउने चलन छ / सारंगीको स्वरमा गाइनेहरु रसपूर्ण प्रेरणादायक गीत गएर , ठूलो, आड र भरिलो उल्लाश उमंगको वातावरण , सृष्टि गर्नमा ठूलो मदत गर्दै आएका छन् / यो बाजालाई कसैले उनीपनि भन्दछन् //
तुंगना-- पहाड वासी हरुमा पाइने अर्को लोकप्रिय बाजा हो तुंगना, यसमा मोड्ने छाला सकेसम्म भेडीको भए राम्ररी बज्छ भनिन्छ / तुंगना चारवटा रेशमको तार हुन्छ अनि नकबिले बजाइन्छ /
अब सोच्नुहोस यी दुई लोक बाजाको मिश्रण टुसाको धुन झन कस्तो होला !!!!! हजुर धेरै मिठासपूर्ण ,,,,,,,,,,,,
लोकेश जी को पनि फोटो साथमा राख्दैछु ,,,,,,

-----समिर "गोर्खा" छेत्री

1 comment:

  1. बहुत खूब समीर अपनी भासा संस्कृति को हमेशा संजो के रखो !!!

    ReplyDelete

Note: Only a member of this blog may post a comment.