Friday, January 6, 2012

"हाम्रो पहाड"

कलिकाल र भ्रष्ट्राचारमा थिचिएको देख्छु,
नेताको मनपरिमा मिचिएको हुन्छ पहाड !
जहिले जहिले भेट्छु उसको मुहार देख्छु,
सधै बन्द र जुलुशमा डुबेको हुन्छ पहाड !!
पुर्खाको कमाईमा रमाउनेहरु यहाँ म देख्छु,
बिदेसिको हाँसोमा रोएको हुन्छ पहाड !!!
जातिको उथानलाई कुल्चेर हिडेको म देख्छु,
युवाको कुलतमा मौन हुन्छ पहाड !!!!
बन-वृक्ष बनस्पति नाश गरेको म देख्छु,
बसन्त याममा पनि नांगिएको हुन्छ पहाड !!!!!
हो हिज आज यस्तै छ पहाडको हाल,
बिकृति तर्फ लम्कदै छ पहाड..........हाम्रो पहाड !!!!!!
---- समीर “गोर्खा” छेत्री(समीर कश्यप)----

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.